प्रबास

अक्टोबर ७ आक्रमणसम्बन्धी मुद्दाका लागि इजरायलमा विशेष सैन्य अदालत र मृत्युदण्डसम्बन्धी विधेयक पारित

एजेन्सी
२०८३ बैशाख २९ | बिहान ११:०१ बजे

तेल अभिभ । इजरायलको संसद नेसेटले सन २०२३ अक्टोबर ७ मा भएको आक्रमणमा संलग्न भएको आरोप लागेका प्यालेस्टिनीहरूको मुद्दा चलाउन विशेष सैन्य अदालत गठन गर्ने विधेयक पारित गरेको छ । उक्त कानुनले दोषी ठहरिएका व्यक्तिलाई मृत्युदण्ड दिन सकिने व्यवस्था गरेको बताइएको छ । इजरायली सञ्चारमाध्यम टाइम्स अफ इजरायलका अनुसार सत्तारूढ गठबन्धन र विपक्षी दल दुवैको समर्थनमा उक्त विधेयक पारित गरिएको हो ।

रिपोर्टअनुसार नयाँ सैन्य अदालतलाई प्रमाण, साक्ष्य तथा कानुनी प्रक्रियासम्बन्धी विद्यमान नियमहरू परिमार्जन गर्ने अधिकार पनि दिइनेछ । यसअन्तर्गत साक्षीको बयान र अन्य प्रमाणको प्रयोगसम्बन्धी विशेष व्यवस्था लागू गर्न सकिने उल्लेख गरिएको छ । 

अक्टोबर ७ को आक्रमणपछि इजरायली सुरक्षाबलले करिब ३०० प्यालेस्टिनीलाई पक्राउ गरेको र उनीहरू अझै जेलमा रहेको जनाइएको छ । रिपोर्टका अनुसार नरसंहारसम्बन्धी अभियोगमा दोषी ठहर हुनेलाई मृत्युदण्डसम्मको सजाय दिन सकिने व्यवस्था गरिएको छ ।

कमेन्टहरु