सरकारी जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी


म्याग्दी, वैशाख २२। म्याग्दीको धौलागिरि गाउँपालिका–७ बगरका भुवानी पौडेलले सरकारी कार्यालयको जागिर छाडेर बाख्रापालन गरी स्वरोजगार र आत्मनिर्भर बन्नुभएको छ । दश वर्षसम्म बेनीमा रहेको कृषि विकास कार्यालयमा सहयोगी कर्मचारीको रुपमा करारमा काम गर्नुुभएका पौडेलले स्थापना गरेको बगर कृषि तथा पशुु बहुुउद्देश्यीय फार्मबाट सफलता हात पार्नुभएको हो ।
वार्षिक ३५ देखि ४० वटासम्म खसीबोका बिक्री गरेर रु पाँच लाखसम्म आम्दानी गर्ने पौडेलले तीन जना छोराछोरीलाई सदरमुकाम बेनीमा राखेर पढाउनुुका साथै घरव्यवहार चलाउन सजिलो भएको बताउनुभयो । खसीबोका बाहेक पाठापाठी पनि बिक्री हुुने गरेको छ ।
वैदेशिक रोजगार र करारको जागिरको तुलनामा खेती किसानी र बाख्रापालनबाट सन्तुष्टि मिलेको पौडेलले अनुभव सुनाउनुभयो । व्यवस्थित किसिमको खोर बनाएर जमुुनापारी जातको बाख्रा पाल्नुभएका पौडेलले उन्नत बोयर जातको एक वटा बोका सहयोग पाउनुभएको छ ।
फार्मको पूूर्वाधार विस्तारमा पौडेलले सरकारी निकायबाट सहयोगको अपेक्षा गर्नुभएको छ । घरवरपरको पाखामा चरनमा आधारित बाख्रापालन गर्नुभएका पौडेलले बहुवर्षीय डालेघाँस खेती पनि गर्नुभएको छ ।
बाख्राको सुरक्षाका लागि ठूला जीउडाल भएका एक वटा भोटे जातको सहित दुई वटा कुुकुुर पाल्नुभएको छ । रातको समयमा खोर वरपर रुघेर बस्ने कुुकुर जङ्गलमा बाख्रा चराउन लैजाँदा अघिपछि गरेर सुरक्षा दिने गर्छ ।
जङ्गली जनावरको सङ्केत पाएमा भुकेर जानकारी दिने कुुकुरले भिडेर बाख्रालाई आक्रमणबाट बचाउन सहयोग गरेको कृषक पौडेलले बताउनुभयो । भुुवानीलाई बाख्रापालनमा श्रीमती भगवतीले पनि सघाउनुभएको छ ।






















