वातावरण संरक्षणमा सक्रिय सहभागिता आवश्यकः सभामुख यादव


धनुषा। मधेस प्रदेशसभाका सभामुख रामआशिष यादवले मिथिलाको लोकपर्व जुडशितलको शुभ अवसरमा बुधबार जनकपुरधामस्थित गंगासागर पोखरीको डिलमा कपुरको वृक्षरोपण गर्दै वातावरण संरक्षण र हरियाली प्रवर्द्धनमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।
वृक्षरोपणपछि आयोजित कार्यक्रममा सभामुख यादवले परम्परागत चाडपर्वहरूलाई वातावरणमैत्री गतिविधिसँग जोड्नु समयको आवश्यकता भएको उल्लेख गर्दै वृक्षरोपणले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सहयोग पुग्ने बताए । उनले मिथिला क्षेत्रका मौलिक संस्कार र संस्कृतिसँग प्रकृति संरक्षणको गहिरो सम्बन्ध रहेकाले यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने विचार व्यक्त गरे।
मेयर साहले नगर क्षेत्रका सार्वजनिकस्थल, सडक किनार र जलाशय आसपास हरियाली विस्तार गर्न योजनाबद्ध रूपमा वृक्षरोपण अभियान सञ्चालन गरिने उल्लेख गर्दै स्थानीयवासीलाई पनि यसमा सहभागिता जनाउन आह्वान समेत गरे।






















