समाज

प्रभु साह सहभागी “युवाका साथ नयाँ वर्ष” कार्यक्रम सरमुजवामा सम्पन्न

नवलपुर टुडे
२०८३ बैशाख १ | मध्यान्ह ०४:०१ बजे

बौद्धीमाई । नव वर्ष २०८३ को अवसरमा सरमुजवा स्थित गुजरा माई पिकनिक स्थलमा “युवाका साथ नयाँ वर्ष” विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। बौद्धीमाई नगरपालिकाका युवाहरूको पहलमा आयोजित कार्यक्रममा आम जनता पार्टीका केन्द्रीय अध्यक्ष पूर्व मन्त्री प्रभु साह प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रमुख अतिथि साहले युवाहरू राष्ट्र निर्माणका मेरुदण्ड भएको उल्लेख गर्दै संगठित भएर विकास र समृद्धिको अभियानमा लाग्न आह्वान गर्नुभयो।

यसैबीच, उहाँ पछिल्ला दिनहरूमा पर्सा जिल्ला, बारा जिल्ला र रौतहट जिल्ला का विभिन्न पालिकामा कार्यकर्तासँग भेटघाटमा सक्रिय रहनुभएको आम जनता पार्टीका सचिवालय सदस्य रामशरण यादवले बताए।

कार्यक्रमले युवामा नयाँ ऊर्जा र सकारात्मक सोच अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको आयोजकले जनाएको छ।

कमेन्टहरु