इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी ‘गम्भीर सार्वभौमिकता उल्लङ्घन’

एजेन्सी
२०८३ बैशाख १ | मध्यान्ह ०१:०१ बजे

तेहरान । संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत आमिर सइद इराभानीले इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नाकाबन्दीलाई सार्वभौमिकताको गम्भीर उल्लङ्घन भन्दै निन्दा गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसलाई पठाइएको पत्रमा इरावानीले उक्त नाकाबन्दी गैरकानुनी भएको उल्लेख गर्दै यसले समुद्रसम्बन्धी अन्तर्राष्ट्रिय कानुनका आधारभूत सिद्धान्तहरूको गम्भीर उल्लङ्घन गरेको बताएका छन् ।
अमेरिकी मध्य कमाण्ड सेन्टकमले उक्त नाकाबन्दी इरानी बन्दरगाह वा तटीय क्षेत्रमा प्रवेश गर्ने वा बाहिरिने सबै देशका जहाजहरूमा निष्पक्ष रूपमा लागू हुने जनाएको छ । तर, गैर–इरानी बन्दरगाहतर्फ जाने–आउने जहाजहरूको स्ट्रेट अफ होर्मुज हुँदै आवतजावतमा अवरोध नगर्ने पनि स्पष्ट पारेको छ ।

















