बिश्व

इरानी आक्रमणमा परेर कुवेत एक भारतीयको मृत्यु

एजेन्सी
२०८२ चैत्र १६ | मध्यान्ह १२:१२ बजे

कुवेत सिटी । पश्चिम एसियामा बढ्दो तनावबिच कुवेतमा भएको एक आक्रमणमा भारतीय कामदारको मृत्यु भएको छ । कुवेतको बिद्युत् तथा जल मन्त्रालयले सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा उक्त जानकारी दिएको हो । विज्ञप्तिअनुसार, इरानी आक्रमणमा कुवेतमा रहेको एक विद्युत् तथा समुद्री पानी प्रशोधन (डिसालिनेशन) प्लान्टमा क्षति पुगेको थियो । सो आक्रमणका कारण एक भारतीय नागरिकको ज्यान गएको पुष्टि गरिएको छ ।

आक्रमणले उक्त संरचनामा उल्लेखनीय क्षति पुर्‍याएको मन्त्रालयले जनाएको छ । यद्यपि, अत्यावश्यक सेवा निरन्तर सञ्चालनमा राख्न प्राविधिक टोलीहरू तत्काल खटाइएको पनि बताइएको छ । ऊर्जा तथा जल आपूर्ति जस्ता महत्त्वपूर्ण पूर्वाधारमा आक्रमण हुन थालेपछि क्षेत्रीय सुरक्षा अवस्था झन् संवेदनशील बनेको छ । यस्तो अवस्थामा कुवेतलगायत खाडी मुलुकहरूले आफ्नो सुरक्षा सतर्कता थप कडा बनाएका छन् । 

कमेन्टहरु