निर्वाचन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
बाजुरामा काँग्रेसका उम्मेदवा गिरि बिजयी


बाजुरा, फागुन २४ । बाजुरामा नेपाली काँग्रेसका उम्मेदवार जनकराज गिरि बिजयी भएका छन् । प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार गिरि विजयी भएका हुन । गिरिले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई पराजित गर्दै बाजुराबाट प्रतिनिधि सभा सदस्यमा विजय हासिल गर्नुभएको हो ।
अन्तिम मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरिले १७ हजार १७३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार लालबहादुर थापाले १६ हजार ६६३ मत प्राप्त गरेका छन्। गिरिले थापालाई ५१० मतको अन्तरले पराजित गरेका हुन्।
त्यसैगरी अन्य उम्मेदवारहरूमध्ये प्रकाश शाहले ३ हजार ४२८ मत प्राप्त गरेका छन् भने हेमराज थापाले ६ हजार ३५ मत पाएका छन्। केशर बहादुर शाहीले ३५२ मत, दिपक बिसीले ९७ मत, भुपेन्द्र ल्वारले ३३३ मत र उपेन्द्र शाहीले ७२ मत प्राप्त गरेका छन्।
बाजुरामा यसपटकको निर्वाचनमा कडा प्रतिस्पर्धा देखिएको थियो। अन्ततः मतगणनाको अन्तिम परिणामसँगै नेपाली कांग्रेसका जनकराज गिरि विजयी भएका हुन्। गिरिको विजयसँगै बाजुरामा कांग्रेस कार्यकर्ता तथा समर्थकहरूमा खुसीयाली छाएको छ।






















