समाचार

धनुषा–४ मा रास्वपाका महतो विजयी

नवलपुर टुडे
२०८२ फाल्गुन २४ | बिहान ०९:११ बजे

धनुषाधाम,  फागुन २४ गते ।  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनुषा क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजकिशोर महतो विजयी हुनुभएको छ । 

निर्वाचन अधिकृत पुरूषोत्तम खतिवडाका अनुसार रास्वपा उम्मेदवार महतो ४८ हजार २७० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले १५ हजार ८०९ मत प्राप्त गर्नुभयो । 

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का रघुवीर महासेठले ११ हजार ५२९ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी ३७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । एक लाख २७ हजार ७७८ मतदाता रहेकामा ८३ हजार ९६७ मत खसेको थियो । 

कमेन्टहरु