दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति, प्रबास

यूएई ड्रोन आक्रमणमा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको निधन

कबिराज राजबंशी
२०८२ फाल्गुन १९ | बिहान ०१:११ बजे

IMG 20260302 233840

संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको इरानी ड्रोन आक्रमणमा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको निधन भएको पुष्टि भएको छ। अबुधाबीस्थित नेपाली दूतावासले परिवारलाई जानकारी गराएपछि गाउँमा शोकको माहोल छ।

दूतावासका अनुसार जायद अन्तर्राष्ट्रिय विमानस्थल आसपास ड्रोन निष्क्रिय गर्ने क्रममा दुर्घटना भएको हो। यूएईको परराष्ट्र मन्त्रालयबाट प्राप्त आधिकारिक सूचनामा पनि मृत्युको पुष्टि गरिएको छ।

श्रेष्ठका बुबा चामबहादुर श्रेष्ठले बताए अनुसार, शनिबार साँझ मात्र छोरा सँग भिडियो कल भएको थियो। तर आइतबार छोराका साथीहरूले मोबाइल हराएको र खुट्टामा चोट लागेको खबर आएपछि सम्पर्क हुन सकेन। सोमबार बिहान दुःखद खबर परिवारलाई आइपुगेको थियो।

दिवस श्रेष्ठ एक वर्षअघि दसैं मनाएर रोजगारीका लागि यूएई गएका थिए। उनी मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत थिए। सरस्वती माविबाट माध्यमिक तहको अध्ययन पूरा गरेपछि चार वर्षदेखि यूएई–नेपाल आवतजावत गर्दै आएका उनी यसपटक छुट्टीमा घर आएपछि विवाह गर्ने योजना बनाउँदै थिए। गाउँका मानिसहरूले पनि घटनाप्रति गहिरो शोक व्यक्त गरेका छन्। दुःखद निधनले परिवार र गाउँ समुदायमा भारी दुखको माहोल छ।

🙏 दिवस श्रेष्ठको आत्माको शान्ति र परिवारलाई धैर्यको कामना।

कमेन्टहरु