मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश

प्रतिनिधि सभा सदस्य विजय गराउन काङ्ग्रेस हिमाली कार्यकर्ता एकजुट

उमेश रोकाया
२०८२ माघ १७ | मध्यान्ह ०५:१० बजे

बाजुरा, माघ १७ । बाजुरा जिल्ला हिमाली गाउँपालिका धुलाचौरमा नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमितिको आयोजनामा हिमाली गाउँपालिका नेताकार्यकर्ता भेटघाट कार्यक्रम गरेका छन । आगामी निर्वाचन फागुन २१ गते हुने नेपाली काँग्रेसका उम्मेदवारलाई विजय गराउन हिमाली नेताकार्यकर्ता एकजुट हुने बताएका छन ।

‎नेपाल सरकारका पुर्व भुमि सुधार सहायक मन्त्री तथा वर्तमान नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेस तर्फबाट उम्मेदवारी भएका जनक गिरी विजय गराउन प्रचारप्रसार समिति गठन गरिएको छ । हिमाली गाउँपालिका सबै वडामा चुनावी माहोल सकारात्मक बनाउन वडा सभापतिलाई अहम् भुमिका निभाउन परिपत्र समेत गरिएको छ ।

माघ महिनाको २० गते भित्र प्रत्येक वडामा नेपाली काङ्ग्रेस वडा कार्यसमितिलाई प्रचारप्रसार समिति गठन गरेर सबै नेताकार्यकर्ता आफ्नो ठाउँबाट लाग्ने निर्णय गरेको नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति सभापति अमलाल कार्कीले बताउनुभयो । नेपाली काँग्रेस बाजुराका उम्मेदवारलाई विजय गराउन नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्य समिति विशेष अहम भूमिका रहनेछ। हाम्रो प्रतिनिधि सभा सदस्यलाई बाजुराबाट बिजय गराउन हामी लागिरहेको छौँ ।

सबै आ-आफ्ना ठाउँ पालिका, वडा र टोलमा सबैले एकजुट भएर लाग्नुपर्छ । विगतमा नेपाली काङ्ग्रेसका प्रतिनिधि विजय गर्ने त्यतिकै लागेका थियौं । जित पनि भयो, अब आउने प्रतिनिधि सभा सदस्यमा बाजुराबाट जिताउने काममा अहिले खटिएका छौँ । नेपाली काङ्ग्रेस शुभचिन्तक देखि भातृ संघठनको प्रतिनिधित्व हुन आवश्यक छ । देश रोजेको काङ्ग्रेस यो धर्ती माताले मागेको नेपाली काङ्ग्रेस फेरि पनि बाजुरा मात्र नभई देश काङ्ग्रेस आउन्छ ।

‎नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति सभापति अमलाल कार्की सभा अध्यक्षता कार्यक्रम सुरु गरेको हो । नेपाली काङ्ग्रेस महासमिति सदस्य गोबिन्द बहादुर मल्ल, नेपाली काङ्ग्रेस बाजुरा क्षेत्रीय प्रदेश ‘क’ उपसभापति जयबहादुर अधिकारी, नेपाली काङ्ग्रेस गाउँ कार्यसमिति उपसभापति तिर्थ मल्ल सहित वडा र टोल नेताकार्यकर्ता सहभागिता रहेका नेपाली काङ्ग्रेस गाउँ कार्यसमितिले जनाएको छ ।

कमेन्टहरु