मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

स्वामिकार्तिक नि. प्रमुख प्रशासकीय अधिकृतमा जाेशी

उमेश रोकाया
२०८२ माघ ७ | मध्यान्ह ०६:१० बजे

बाजुरा, माघ ७ । बाजुरा जिल्लाकाे स्वामिकार्तिक खापर गाउँपालिकाकाे निमित्त प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा दयाराम जाेशी नियुक्त भएका छन् । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देव बहादुर चाैधरीकाे सुरुवा भए पश्चात् जाेशीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा जिम्मेवारी सुम्पेर नियुक्त गरिएको हाे ।

पालिकामा शिक्षा शाखा प्रमुखकाे रुपमा कार्यरत रहेका जाेशीलाई पालिकाकाे प्रशाशकीय अधिकृतकाे रुपमा नियुक्ति गरिएको गाउँपालिकाका अध्यक्ष भरत बहादुर राेकायाले बताए ।

जाेशीलाई आज एक कार्यक्रमका बिच निमित्त प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा भव्य स्वागत संगै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको हाे । पदभार ग्रहण गर्दै जाेशीले सिंगाे पालिकाकाे प्रशासनिक सुधारमा कटिबद्ध भएर लाग्ने बताएका हुन्।

‎साथै उनले आफू सक्षम तरिकाले पालिकाकाे जिम्मेवारी वहन गर्ने बताउँदै पालिकाकाे विकास समृद्धिमा कुनै कदम पछि नहट्ने र पालिकाकाे प्रशासनिक कामलाई थप चुस्तदुरुस्त बनाउने बताए ।

कमेन्टहरु