निर्वाचन, मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश
कांग्रेसबाट समानुपातिक उम्मेदवारको बन्दसूचीमा बाजुराकी तिमिल्सिना


बाजुरा, पुस १६ । नेपाली कांग्रेसबाट समानुपातिक उम्मेदवारको बन्दसूचीमा बाजुराकी विद्यादेवि तिमिल्सिना समेटिएकी छन् । नेपाली कांग्रेसले निर्वाचन आयोगमा मंगलबार बुझाएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवारको बन्दसूचीमा तिमिल्सिना समावेश भएकि हुन । गृह जिल्लाबाट समानुपातिकमा सिफारिस भएकी तिमिल्सिना प्रदेशबाट समेत खसआर्य महिलातर्फ पिछडिएको क्षेत्रबाट एक नम्बरमा उनको नाम पेस भएको थियो ।
२०४२ सालमा बाजुरा जिल्ला साबिक बाँधु गाविस हाल हिमाली गाउँपालिका – ७ बाँधुमा जन्मिएकी विद्या नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी छन । वि.सं. २०५६ सालमा औपचारिक रूपमा नेपाल विद्यार्थी संघको सक्रिय सदस्य भएर आफ्नो राजनीतिक यात्रा आरम्भ गरेकी तिमिल्सिना विद्यार्थी आन्दोलनमा लागेर युवाको आवाजलाई राजनीतिको केन्द्रमा ल्याउने अभ्यास गरेकी थिइन् । बाल्यकाल देखि नै सामाजिक काम, समाज सेवामा सक्रिय तिमिल्सिना राजनीतिक जीवनमा पनि सक्रिय छन् ।
२०६४ सालमा नेपाल विद्यार्थी संघ बाजुरा–काठमाडौं सम्पर्क समितिको कोषाध्यक्ष भएर आर्थिक पारदर्शिता र संगठन विस्तारमा उदाहरण प्रस्तुत गरिन् । त्यसैगरी २०६५ सालमा नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्य भएर राष्ट्रिय स्तरमा सांस्कृतिक पहिचान र परम्परागत मूल्य संरक्षणमा योगदान दिइन् । उनी हाल प्रजातान्त्रिक महासंघ महिला केन्द्रीय सदस्य, सास्कृतिक बिभाग प्रमुख सहित पार्टीका विभिन्न भूमिकामा रहेकी छन् ।























