“गौरा विशेष सांस्कृतिक कार्यक्रम २०२५” गायक लाल वहादुर धामी र गायिका ईब्सल सञ्ज्यालको धमाकादार प्रस्तुति दुवईमा हुन् गइरहेको छ।


कविराज राजवंशी प्रवास दुवई यूएई
सुदूरपश्चिमेली नेपाली समाज युएइले एक दशक देखि प्रत्येक वर्ष “गौरा पर्व” भव्य रूपमा मनाउँदै आएको छ। यस वर्ष पनि ३१ अगस्त २०२५ को दिन दुवईको बुर दुवई सहरको याक एण्ड यति एभरेस्ट क्लबमा हुन गइरहेको छ। जसमा नेपालको सुदूपश्चिमेली चर्चित गायक लाल वहादुर धामी र गायिका ईब्सल सञ्ज्यालको धमेकादर प्रस्तुती रहने छ। साथै थुप्रै स्थानीय कलाकारहरुको पनि प्रस्तुती हुनेवाला छ।
मुख्य आकर्षण:
– परम्परागत गौरा पुजा, डेउडा गित, भेषभूषा प्रदर्शन
– नेपालवाट आमन्त्रित तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति
– सुदूरपश्चिम प्रदेशका पर्यटकिय स्थलहरु सम्वन्धि जानकारी तथा फोटो प्रदर्शन
– सम्मान तथा अभिवादन कार्यक्रम
सुदूरपश्चिमेली नेपाली समाज, यूएईले सुदूरपश्चिमको सांस्कृतिक सम्पदा संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले हाम्रो पहिचान, संस्कार र एकताको प्रतीक गौरा पर्वको अवसरमा आयोजना गर्न लागेको “गौरा विशेष सांस्कृतिक कार्यक्रम २०२५” मा तपाईंहरुको उपस्थितिको लागि हार्दिक निमन्त्रणा आवहान गरेकोछ।
कार्यक्रम विवरण:
📅 मिति: ३१ अगस्ट २०२५, आइतबार
🕔 समय: दिउसो १:०० बजेदेखि
📍 स्थान: याक & यति एभरेष्ट क्लव वरदुवई























