बाढी/पहिरो, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बिच्छ्याका बाढी पहिरो पीडित परिवारलाई राहत वितरण सहित स्थलगत अनुगमन

उमेश रोकाया
२०८२ भदौ ५ | मध्यान्ह ०६:०५ बजे

बाजुरा , भदौ ५ । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका – १ बिच्छ्या बाढी पहिरो पीडित घर परिवारलाई राहत वितरण गरिएको छ ।

‎बुधबार एक अनौपचारिक कार्यक्रम बिच हिमाली गाउँपालिका सहयोगमा पुर्ण रूपमा घरहरू क्षति भएको ८ जना घरपरिवारलाई त्रिपाल , बाल्टिङ , डेक , डाडु पन्याउ प्रति व्यक्तिलाई र आंशिक रूपमा क्षति १४ घरपरिवारलाई त्रिपाल सहित वितरण गरिएको हिमाली गाउँपालिका -१ का वडा अध्यक्ष जोख्या भण्डारीले बताउनुभयो ।

साउन २८ गते अविरल वर्षाले गर्दा बिच्छया आसपास क्षेत्र लगायत हिमाली गाउँपालिका ७ वटा घर ७० बाख्रा बिच्छ्या माध्यमिक विधालय भवनको पर्खाल र जग्गा जमिन लगाएको बाली क्षति हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल , प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा र हिमाली गाउँपालिका विपद व्यवस्थापन प्रमुख जयन्द्र मल्ल , स्वास्थ्य शाखा प्रमुख राजभण्डारी भण्डारी सहित स्थलगत अनुगमन गरिएको स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारीले बताउनुभयो ।IMG 20250821 WA0057

‎गाउँपालिकाले गर्ने सहयोग गरिरहेका छौँ । हिमाली गाउँपालिका १ र ५ वडामा बाढी पहिरोले पुर्‍याएको क्षतिपूर्ति विवरण जिल्ला, प्रदेश , केन्द्र सहित संघ संस्थामा पठाएको छ । निति नियम दिइने मिल्ने बाढी पहिरो पीडित परिवारलाई पालिकाबाट पुर्ण रूपमा सहयोग गर्न तयार भएको हिमाली  गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।

बिच्छ्या बाट बामु जाने बाटो अबरुद्ध हुँदा तत्काल प्राविधिक खटाएर बाटो खोल्न लगाइने भएको छ । अहिले केही खानको लागि चामल , त्रिपाल र भाडाकुडा बाढी पहिरो पीडित परिवारलाई सहयोग गरेको छौँ । थप जग्गा सहित बाली बगाएको क्षतिपूर्ति राहत उपलब्ध गराउन पहल गरिरहेको अध्यक्ष मल्लले बताउनुभयो ।

कमेन्टहरु