सिराहा सेवा समाज कतारद्वारा आर्थिक सहयोग

रामएकवाल राम
२०८२ साउन १५ | बिहान १०:०४ बजे

दोहा । सिराहा सेवा समाज कतारले गृह जिल्लामा एक अति विपन्न परिवारलाई उपचारमा आर्थिक सहयोग गरेको छ।
जिल्लाको नवराजपुर गाउँपालिका – २ मझौरा घर भएका जगजिवन रामको छोरा कृष्ण महराको उपचारको लागि वैदेशिक रोजगार कतारमा रहेका सिरहालीहरुले आर्थिक सहयोग गरेका छन।
मोटरसाइकल दुर्घटनामा परी घाइते भएका महरा बिराटनगर स्थित नोबेल अस्पतालमामा उपचाररत रहेका छन।चिकित्सकका अनुसार महरालाई एउटा हात काट्नु पर्ने भएकोलो उपचारमा सहयोग पुर्याउनको निम्ति संस्थाका सदस्य बिरेन्द्र यादवको रोहबरमा रु २५१०५ पीडितका हजुरबुबा हस्तान्तरण गरेको संस्थाका अध्यक्ष ज्यप्रकाश यादवले जानकारी दिनु भयो।
सहयोग रकम लिदै पीडितका हजुरबुबाले यस कठिन घडीमा साथ र सहयोग गर्नु हुने सम्पूर्ण धन्यवाद ज्ञापन गरेका ।























