कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

रेरास परियोजनाद्वारा कृषकलाई मेटल सिड बिन वितरण

उमेश रोकाया
२०८२ साउन ७ | मध्यान्ह ०३:०४ बजे

‎बाजुरा , साउन ७ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा ३६ जना कृषकलाई मेटल सिड बिन वितरण गरिएको छ । लि-वर्ड/रेरास परियोजना सहयोग मार्फत मेटल सिड वितरण गरिएको छ । ‎उक्त सिड बिनले कृषकहरूलाई बीउ संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएका छन । स्थानीय कृषक बिनदत्त पाण्डेले खुशी व्यक्त गर्दै यस्तो प्रकारको सहयोगले कृषकको उत्पादन क्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

रेरास परियोजना कृषि प्राविधिक खेम बहादुर वलीका अनुसार, बीउको गुणस्तरले कृषि उत्पादनमा पार्ने प्रभाव, स्थान अनुसार उपयुक्त जातको बीउ छनोट गर्ने तरिका, बीउको सुकाउने, प्याक गर्ने तथा चिस्यान नियन्त्रण सहित सुरक्षित भण्डारण गर्ने विधिहरूमा व्यावहारिक र सैद्धान्तिक ज्ञान प्रदान गर्नुभएको थियो ।

गुणस्तरीय बीउ उत्पादन तथा सुरक्षित भण्डारण सम्बन्धि एक दिने अभिमुखिकरण तालिम दिएको हो । उक्त तालिममा स्थानीय स्तरमा कृषकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको सोही तालिममा ३६ जना कृषकहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीलाई गुणस्तरीय बीउ छनोट, उत्पादन, प्रशोधन र सुरक्षित भण्डारणका विधिहरू सम्बन्धी ज्ञान तथा सीप प्रदान गरिएको थियो ।IMG 20250721 141342 817 scaled

‎तालिममा सहभागी कृषकहरूले सिकेका ज्ञानहरूलाई आफ्नै खेतबारीमा प्रयोग गर्ने प्रतिबद्धता जनाउँदै यस्ता कार्यक्रमले कृषिमा आधुनिकता ल्याउन मद्दत पुग्ने प्रतिक्रिया दिएका थिए । रेरास परियोजनाकाले यस्ता तालिमहरू कृषकहरूका लागि उपयोगी हुने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा थप प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता गरेको रेरास परियोजना कृषि प्राविधिक वलीले  जनाएका छन् ।

कमेन्टहरु