कोशी प्रदेश, तस्कर

कोशी नदी हुँदै भारत तस्करी गर्न लागिएको १० बोरा मदिरा नेपाल प्रहरीद्वारा बरामद

देवराजा यादव
२०८२ असार २७ | मध्यान्ह ०८:०३ बजे

सुनसरी, असार २७ । सुनसरी जिल्लाको कोशी गाऊँपालिका- ८ कोशी ब्यारेजस्थित कोशी नदी हुदै भारततर्फ तस्करी गर्न लागिएको मदिरा नेपाल प्रहरीले बरामद गरेको छ ।

बिहिबार राति १० वटा बोरामा कोशी नदी हुदै भारततर्फ लैजाँदै गरेको अवस्थामा सो मदिरा प्रहरी चौकी कोशी ब्यारेजबाट प्रहरी बरिष्ठ नायव निरीक्षक बलराम यादवको कमाण्डमा खटिएको टाेलीले बरामद गरेको हो ।

बरामद मदिरामा ब्रिक्स १० वटा बोरामा १२०० सय पिस रहेको छ । सो बरामद मदिराको मुल्य अन्दाजी अठहत्तर हजार रुपैयाँ बराबर रहेको छ । उक्त मदिरा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको प्रहरी बरिष्ठ नायव निरीक्षक बलराम यादवले जनाएकाे छ।

कमेन्टहरु