मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
सामाजिक लेखा परिक्षण कार्यक्रम तथा समुह हस्तान्तरण


बाजुरा , असार २० । परियोजना सल्लाहकार समितिको बैठक, सामाजिक लेखा परिक्षण कार्यक्रम तथा समुह हस्तान्तरण गरिएको छ । आई.एन.एफ.नेपाल १३ वटा जिल्लामा काम गर्दै आएको छ । नेपाल सरकार संगै दिगो विकास काम गरेको छ । १२ करोड ७ लाख ८० हजार ६७ पैसा रकम रहेको थियोे ।
हिमाली गाउँपालिका ७ वर्ष अवधिभर जलवायु परिवर्तन काम महिला युवाका क्षमता अभिवृद्धि गर्ने दिगो कृषि प्रणाली रूपमा काम र महिला अपाङ्ग एकल महिला बिच काम गर्दै आएको हो । ५० जनालाई कृषि तालिम , ४० जनालाई करेसा बारी तालिम गरिएको थियो । गोठ सुधार र व्यवसाय कृषि रूपमा सशक्तीकरण काम गरिएको थियो । २५ जनालाई कृषकलाई जलवायु मैत्री कृषि प्राविधिक सहित व्यवसायी तरकारी खेती गरेको छन । ४ सय ८० मिटर पाइप सिचाइ लागि सहयोग गरेको हो । २५ जना कृषि यन्त्रहरु समुहमा विद्युतिय मेसिन र १५ जना हातले निकाल्न मिल्ने मेसिन दिएको आई.एन.एफ.नेपाल बाजुरा शाखा अन्तर्गत उत्थानशिल समावेशी दिगोबिकास र सशक्तीकरण राइस परियोजनाको परियोजना अधिकृत विनोद विकले बताएका छ्न ।
२५ जना कृषि व्यवसायी, बाख्रा पालन ३ जनालाई तालिम दिएको छ । ४४ जना महिला युवा बालबालिकालाई विभिन्न विषय तालिम प्रदान गरिएको थियो । १२ जनालाई हिमाली गाउँपालिका सहकार्यमा हाते होजियारी तालिम १० जनालाई पेन्टिङ र ३ जनालाई सिकाइ तालिम समेत दिएको छ । जीवन उपयोगी २५ जना तालिम लगेका छन । विपद व्यवस्थापन सम्बन्धि तालिम र २ सय ५३ जना घरधुरीलाई फलामे चुलो सहयोग गरिएको छ । पानीका मुहान संरक्षणका लागि २ वटा रिचार्ड पोखरी निर्माण गरिएको अधिकृत विकले बताएका छ्न ।
लक्षित समुदायको दिगो विकास काम गरेको छ । आफ्नो विकासका लागि समुदाय मानिसहरूलाई संयुक्त कार्ययोजना बनाएको छ । परियोजना सात वर्ष परियोजनाले ९० वटा समुह काम गर्दै आएको छ । समुहमा मासिक बैठक बसेर ३ ३१ लाख ४४ हजार ३ ३६ बजेट रहेकोे छ । समुहमा कार्ययोजना निर्माणका १ लाख ५ हजार सहयोग, अन्तर समूह सिकाइ अनुभव आदानप्रदान लागि १ लाख ५३ हजार , समुह सहजकर्ता लागि योजना तर्जुमा सम्बन्धि ९१ हजार २ सय रहेको आइ. डि. एल. परियोजनाको सहायक क्षमता विकास अधिकृत सम्झना शाहीले बताउनुभयो ।
अपांग समुहको बैठकमा सहजीकरण ३१ हजार ६ सय , नमुना कृषि फारम निर्माण १ लाख ६५ हजार र सिचाइ पोखरी कुलो निर्माण १ लाख ९५ हजार खर्च गरिएको छ । १ हजार १९ कार्ययोजना निर्माण ९ सय ६९ कार्यनयन भएका छन । १ करोड ११ लाख ८ हजार ५१ रूपमा लगानी गरेको छ । ७ सय ३५ जनालाई व्यवसायी योजना कार्यनयन गरिएको छ । जुता र कपडा सिलाइ तालिम व्यवसायी रूपमा सुरु गरेका छन । विपदमा खाद्यान्न सामाग्री सहयोग गरिएको शाहीले बताउनुभयो ।
जो संस्था लागू हुन्छ त्यो सबै गाउँ ठाउँ राम्रो बनाउने उद्देश्यले लागेका हुन्छन् । हामी संग काम गर्ने मान्छेहरू छैनन् । गाउँपालिका विभिन्न तालिम दियौं , अहिलेसम्म कुनै पनि प्रयोगमा ल्याएको छैन । सिलाइ कटाई , फर्निचर , जुता सिलाउने , होजियारी र सिस्नो तालिम दिएका छौँ । एउटा राम्रो व्यवसाय गरेर व्यवसायी बन्न चाहदैनन् । स्थानीय रैथाने जेसुकै होस,करिब ५ क्विन्टल उत्पादन गर्ने लाई पाँच हजार रुपैयाँ पुरस्कार दिने प्रतिबद्धता गर्नुभएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।
“हिजो भन्दा आज धेरै कुरा गरेको छु । उधमी बन्नुहोस , जे गर्नुभएको छ , राम्रो संग लाग्नुहोस हामी माग्ने होईन दिने बन्नुपर्छ ।” अब आगामी दिनमा साना उद्योग गरेर व्यवसायी संगै रोजगार मुलक बनाउन लाग्ने छु । स्थानीय उत्पादन प्रशोधन गर्ने जिम्मेवारी गाउँपालिकाले सधैं सहकार्य गर्ने अध्यक्ष मल्लले बताए ।
आगामी दिनमा सुझाव सल्लाह अनुसार काम गर्ने छौँ । केही विगत वर्ष भन्दा फरक ढङ्गले संस्था अगाडी लैजाने भएको छ । उत्पादन प्रशोधन र बजारीकरण गर्ने कामलाई मध्यनजर गर्ने छौँ । समुह सधैं नियमित राख्ने भएका छौँ । दर्ता नभएका समुह दर्ता प्रक्रिया अगाडि बढाउने सक्रिय रूपमा लाग्ने भएको छ । आर्थिक वर्ष निति तथा कार्यक्रम अनुसार संस्था सहकार्य गरेर काम गर्ने भएको आई.एन.एफ.नेपाल बाजुरा शाखा परियोजना संयोजक खेमराज मिश्रले बताएका छन ।
कार्यक्रम अध्यक्ष आई.एन.एफ.नेपाल बाजुरा शाखा परियोजना संयोजक खेमराज मिश्र प्रमुख अतिथि हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल विशिष्ट अतिथि निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारी, प्रबक्ता भिमानन्द पाण्डे, सातै वडाका वडा अध्यक्ष , उत्थानशिल समावेशी दिगोबिकास र सशक्तीकरण राइस परियोजनाको परियोजना अधिकृत विनोद विक, आइ. डि. एल. परियोजनाको सहायक क्षमता विकास अधिकृत सम्झना शाही सहित सहजकर्ता, समुह लगायत सहभागिता रहेकोे थियो । कार्यक्रम सहजीकरण सर्पलाल गिरीले गर्नुभएको छ ।























