समाज

लाज शरणम् निमार्ण टाेलीद्वारा शैक्षिक सामग्री वितरण

रिदेन महर्जन
२०८२ जेष्ठ २६ | मध्यान्ह ०६:०२ बजे

काठमाडौं । नेपाली कथानक चलचित्र लाज शरणम्ले १०१ औ दिन पुरा गरेको सुखद अवसरमा सिन्धुपाल्चोकको श्री बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

लाज शरणम् चलचित्र निमार्ण टोलीले जेठ २३ गते शुक्रबार सिन्धुपाल्चोकको श्री बालकल्याण आधारभूत विद्यालयमा ३७ जना बिद्यार्थीहरुलाई शैक्षिक साम्रागीका साथै ट्रयाक सुज, झोला,वाटर बोटल लगायतका वितरण गरेको थियो ।

लाज शरणम् चलचित्रको १०१ औँ दिनमा बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्न पाएकोमा गौरवान्वित महसुस गरेको फिल्म निर्माता नविन श्रेष्ठको समुहले धारणा राखे ।

photo 2025 06 09 18 55 41photo 2025 06 09 18 55 44

कमेन्टहरु