ओमसतिया गाउँपालिकाको आर्थिक सहयोगमा ५ दिने नेतृत्व तथा उद्घोषण तालिम सम्पन्न


बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकाको आर्थिक सहयोगमा वडा नम्बर १ स्थित लखनचोक टोल सरसफाई तथा विकास समाजले ५ दिने नेतृत्व तथा उद्घोषण तालिम सम्पन्न गरेको छ । कार्यक्रममा ओमसतिया गाउँपालिकाका उपाध्यक्ष सुनिता चौधरीले सिकेका कुरा व्यवहरमा उतार्न पर्छ भन्दै उहाँले तालिम लिनु मात्र ठुलो कुरा नभएको भन्दै तालिमलाई व्यबाहारमा उतार्न आग्रह गर्नु भयो ।
ओमसतिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष बेल बहादुर बराल मगरले सबै सहभागीलाई सिकेका कुरालाई व्यवहारमा लागू गर्न सुझाव दिनु भयो । कार्यक्रममा वडा सदस्य गगा बुचा, सल्लाहकार यम बहादुर थापा समाजसेवी लक्ष्मण सुवेदी लगायतले शुभकामना दिनु भएको थियो । सहभागीको तर्फदेखि शान्ति देवकोटा र मिना पुनले बोल्दै सिकेका कुरालाई व्यवहारमा उतार्ने बताउनु भयो ।

कार्यक्रम टोल समाजका अध्यक्ष लाल कुमारी थापाको अध्यक्षता, ओमसतिया गाँउपालिकाका उपाध्यक्ष सुनिता चौधरीको प्रमुख आतिथ्यता, समाजका उपाध्यक्ष होम राज खत्रीको स्वागत मन्तव्य र कार्यक्रमको सञ्चालन समाजका सचिव मनु छन्तेलले गर्नुभएको थियो ।
फोनिजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सरु रानाले सहजीकरण गर्नु भएको तालिममा टोलका ४० जनाको सहभागिता रहेका थिए ।






















