तिर्थमानकाे रचनामा अन्तिया झंगः ब्वय्का अय्ला लु वल छं काे म्यूजिक भिडियाे सार्वजनिक

रिदेन महर्जन
२०८२ बैशाख ३० | मध्यान्ह ०४:०१ बजे

काठमाडाैं । नेपालभाषाका चर्चित गीत रचनाकार तिर्थमान मर्हजनले रचना गरेकाे नेपालभाषाकाे गीत अन्तिया झंगः ब्वय्का अय्ला लु वल छं काे म्यूजिक भिडियाे सार्वजनिक भएकाे छ।
नेपालभाषाकाे सांगितिक क्षेत्रमा न्यासि चायाजुइम्ह अय्मय्जुबाट गीत लेखनमा सबै भन्दा चर्चा चर्चा बटुलेका साहित्यकार, रचना एवम् लेखक तीर्थमान महर्जनका करिब दर्जनाै म्यूजिक भिडियाेमा शब्द रचना गरेका छन् । यस नेपालभाषाकाे म्यूजिक भिडियाे संसार्स अनलाईन टिभीको आधिकारीक युट्यूब च्यानलवाट सार्वजनिक भएकाे हाे । यस म्यूजिक भिडियाे मार्फत मध्यपान धैरे गर्न नहुने सन्देशका साथै हराउँदै गरेकाे नेवाः भ्वज परम्परालाइ जीवित राख्नका लागि रचना गरिएकाे तथा यस गीत माया, प्रेमले मनाेरञ्जनले भरिएकाे गीतका रचनाकारले जनाए ।
उनका अधिंकाशं गीतहरू शिव शाहीकाे संगितमा शिव अभिनिति रिर्काेडिंग स्टुडियाे अशन कमलाक्षिमा भइरहेकाे छ । यस म्यूजिक भिडियाे गीतकाे एरेन्ज अनिल तुलाधर गरेका छन् भने, गायक, गायिका एलन शाही र समा डंगोलले स्वर दिएका छन् । यस्तैगरी विजय मास्कीले रेकर्ड, मिक्सीङ र मास्टरिङ गरेको थियो । म्यूजिक भिडियो मोडलमा सोहेल नेमकुल र रिचा थापाको प्रमुख भुमिका रहेको गीतलाई मिडियो निर्माण तर्फ श्रृंगार सनम कुमार श्रेष्ठ, नृत्य निर्देशन प्रदिप श्रेष्ठ छायांकन, सम्पादन र कलरिङ सोहन मानन्धरले गर्नु भएको थियो भने नव निर्देशक अरुण शाक्यले निर्देशन गरेको थियो ।
निर्माण टाेलीले यस म्यूजिक भिडियाेलाई सम्पूर्ण दर्शकमहानु भावहरूले हेरेर मनपराउनु आशा गरिएकाे छ ।



















