देवदहकी युवा उद्यमी समज्ञा अधिकारीलाई प्रोत्साहन पुरस्कार


रुपन्देही – रुपन्देहीको देवदहमा रमेश स्मृति सम्मान एवं रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। अनुराग साहित्य समाजको आयोजना, रमेश स्मृती कोषको संयोजन, युगिन साहित्य समाज र उज्यालो लाल्टिन प्रतिष्ठानको सह आयोजनामा देवदह स्थित ग्रीन प्लान्ट आवासीय माविमा कार्यक्रम सम्पन्न गरिएको हो।
विक्रम संवत् २०३७ साल फाल्गुण २१ गते जन्मिएका साहित्यकार रमेश हरिलठ्ठकको २४ वर्षकै उमेरमा २०६१ श्रावण २१ गते निधन भएपछि उनको सम्झनामा २०७२ सालमा रमेश हरिलठ्ठक स्मृतिमा कोष स्थापना गरि प्रत्येक वर्ष “श्रष्टा सम्मान” कार्यक्रम गर्दै आइरहेको छ ।
प्रमुख अतिथि साहित्यकार निर्मल ढुंगानाको बाहुबलीबाट सम्मानित धनकुटाका कवि रोशन परियार र प्रोत्सान पुरस्कार स्वरुप देवदहकी युवा सामाजिक अभियान्ता तथा लौमुर पौष्टिक आहारकी संचालिका समज्ञा अधिकारीलाई प्रदान गरिएको थियो । पोखराका युवा साहित्यकार तथा लेखक रूप रसाइली ‘पुछारघरे’ र सरू लामिछानेले गजल , कविताको माध्यामबाट देश र समाजको अवस्थाको बारे लेखिएका रचनाहरु सुनाएका थिए ।























