मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश
शिक्षक आन्दोलन प्रभावले : खप्तड छेडेदहको कक्षा ८ को ग्रेडवृद्धि परीक्षा स्थगित

उमेश रोकाया
२०८२ बैशाख ४ | मध्यान्ह १२:०१ बजे

बाजुरा बैशाख, ४ । खप्तड छेडेदह गाउँपालिका गाउँकार्यपालिकाको कक्षा ८ को ग्रेडवृद्धि परीक्षा स्थगित गरिएको छ । खप्तड छेडेदह गाउँपालिका अन्तर्गत शैक्षिक सत्र २०८१ सालको कक्षा ८ ग्रेडवृद्धि परीक्षा बैशाख ५ गते देखि ०९ गतेसम्म तोकिएको उक्त ग्रेडवृद्धि परीक्षा स्थगित गरिएको नि. प्रमुख प्रशासकिय अधिकृत नन्द बहादुर रावतले बताउनुभयो ।
सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरू काठमाडौं केन्द्रित आन्दोलनरत रहेको तथा परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नभएकाले अर्को सूचना प्रकाशन नभएसम्मका लागि परीक्षा स्थगित गरिएको खप्तड छेडेदह गाउँपालिका गाउँकार्यपालिकाले जनाएको छ ।


















