गायिका एलिनाको ‘याद बाँकी छ’ गीत सार्वजनिक, भिडियोमा उनकै कथा

नवलपुर टुडे
२०८१ फाल्गुन १० | मध्यान्ह ०३:११ बजे

काठमाडौँ । गायिका एलिना चौहानको स्वर रहेको ‘याद बाँकी छ’ गीत सार्वजनिक भएको छ। प्रेम–विरहको समेटिएको गीतको भिडियोमा प्रेम विवाह गरेकी युवतीले विवाहपछि श्रीमानबाट भोगेको पीडालाई उतारिएको छ।
भिडियो हेर्दा लाग्छ उनकै कथा उतारिएको हो ।
गीतको शब्द दिपक विष्टले लेखेका हुन्। संगीत श्रीधर अधिकारी र एरेन्ज विशाल निरौलाको छ । भिडियोमा विक्रम बुढाथोकी र स्मारिका ढकालको अभिनय छ। निकेश खड्काको निर्देशन रहेको भिडियोमा विशाल सापकोटाको छायाङ्कन, अमृत चापागाईंको सम्पादन छ।


















