वीरगञ्ज । एयर गन र ८२ राउण्ड गोली (पिलेट्स) सहित भारतीय नागरिक पक्राउ परेका छन् ।
पर्साको वीरगञ्ज महानगरपालिका–१६, भन्सार मेनगेटबाट सशस्त्र प्रहरीले एयर गन र त्यसमा लाग्ने साना–साना ८२ राउण्ड गोलीसहित ३४ वर्षीय मिम्मर हुसेनलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त एयर गन र गोलीसहित हुसेन पक्राउ परेका थिए ।
पक्राउ परेका हुसेनलाई हतियारसहित आवश्यक कानुनी कारबाहीका लागि स्थानीय प्रहरी चौकीमा बुझाइएको छ ।

























