शिक्षा

जलमाेनाकाे बार्षिकाेत्सव र पुरस्कार वितरण सम्पन्न

नन्द किशोर कुर्मी (लालु)
२०८१ फाल्गुन ८ | मध्यान्ह ०९:११ बजे

कपिलवस्तु, फल्गुण ८ । जिल्लाकाे कृष्णनगरकाे पुरानाे निजि विद्यालय जलमाेला लिटिल एन्जल्स सेकेन्डरी स्कुलकाे बार्षिकाेत्सव र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।

विद्यालयका पुर्व विद्यार्थी एवम् कांग्रेसका नेता संविधानसभा सदस्य अभिषेक प्रताप शाहकाे प्रमुख आतिथ्यतामा जलमाेला लिटिल एन्जल्स सेकेन्डरी स्कुलकाे बार्षिकाेत्सव र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा विद्यालयका विद्यार्थीले विभिन्न विद्यामा आफ्ना क्षमता प्रदर्शन गरेका थिए भने अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय र तृतिय स्थान पाउने खेलाडीहरुलाई पुरस्कार वितरण गरिएकाे प्रधानाध्यापक जीवन तामाङले जानकारी दिनुभएकाे छ ।

कार्यक्रममा मार्च पास, ड्रिम, नृत्य, नाटक, माेडेल साे लगायतका विषयमा विद्यार्थीहरुले प्रदर्शन गर्नुका साथै अतिरिक्त क्रियाकलापमा राम्रो प्रदर्शन गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरणसमेत गरिएकाे विद्यालय प्रबन्धक फिलिप मसिहले बताउनुभयाे ।

नगर कै पुरानाे निजि विद्यालय रहेकाे जलमाेनामा अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापसमेत उत्कृष्ट रहेकाले नै आफू अध्ययन गरेकाे विद्यालयमा अहिले तीन जना छाेरी पनि अध्ययन गरिरहेकाे पुर्व सांसद तथा संविधानसभा सदस्य शाहकाे भनाई थियाे ।

कार्यक्रममा युवा नेता राशिद मिर्जा, अकरम पठान, श्याम मिश्र, लगायत अभिभावक तथा जनप्रतिनिधिको बाक्लाे उपस्थिति रहेको थियो। कार्यक्रमकाे संचालन शिक्षक छाेडेन लेप्चाले गर्नुभएकाे थियाे ।

कमेन्टहरु