कोशी प्रदेश

‘नो केबलकार’ पक्षधरले क्षमापूजा र मुक्कुमलुङ पदयात्रा गर्ने, पक्षधरले सद्भाव र्‍याली निकाल्ने

नवलपुर टुडे
२०८१ फाल्गुन ६ | बिहान ०९:११ बजे
ताप्लेजुङ । मंगलबार ताप्लेजुङमा पाथीभरा मन्दिर क्षेत्रमा निर्माण हुने केबलकार निर्माणको पक्ष र विपक्षका कार्यक्रम हुने भएका छन्।

केबलकार निर्माण पक्षधरहरूले सद्भाव र्‍याली र कोणसभा गर्ने भएका छन् भने केबलकार निर्माणको विपक्षमा रहेका आन्दोलनरत पक्षले पाथीभरा मन्दिरमा क्षमापूजा र मुक्कुमलुङ पदयात्रा सुरु गर्ने भएका छन्।

फागुन ६ गते मंगलबारबाट सुरु हुने पदयात्रा फागुन ८ गते बिहीबार फुङलिङ आइपुग्ने ‘नो केबलकार’ पक्षका नवीन पोमूले जानकारी दिए। पाथीभरा मन्दिरमा गरिने क्षमापूजा भने हरेक दिन बिहान आयोजना गरिने उनले बताए।

कमेन्टहरु