देश

एमाले नेतृ रामकुमारी झाँक्री भन्छिन् , प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो

जगत ठाडा मगर
२०७८ साउन ३ | मध्यान्ह ०१:०४ बजे

काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल समूहकी सांसद रामकुमारी झाँक्रीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छन् ।

सांसद झाँक्रीले प्रतिनिधि सभालाई पूर्ण कार्यकाल सञ्चालन गर्नका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बताएकी हुन् । झाँक्रीले ‘हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं,’ भनी अभिव्यक्ती दिएकी छिन् ।

झाँक्रीले निवेदक सांसदले मात्र नभई संस्थागत रुपमै निर्णय गरी एमालेले फ्लोरमै बसेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने प्रस्ताव समेत गरेकी छन् ।
प्रधानमन्त्री देउवाले आज अपराह्न बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकमा विश्वासको मत लिंदैछन् ।

प्रधानमन्त्रीले विश्वासको मत पाउन जनता समाजवादी (जसपा) र एमालेको माधव समूहका सांसदको साथ आवश्यक छ ।

कमेन्टहरु