मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश

एमाले हिमाली गाउँ कमिटी अध्यक्ष रोकाया चयन

उमेश रोकाया
२०८१ फाल्गुन ५ | मध्यान्ह १०:११ बजे

बाजुरा , फागुन ०५ । नेकपा एमाले हिमाली गाउँ कमिटीले सर्वसम्मच नेतृत्व चयन गरेको छ । अध्यक्षमा नन्दबहादुर रोकाया सहीतको सिंगो कमिटी सर्वसम्मत चयन गरेको हो । जसमा अध्यक्ष नन्दबहादुर रोकाया, उपाध्यक्ष सर्पलाल बुढथापा, सचिव देवराज मल्ल, उपसचिव यज्ञराज उपाध्याय र जोखा रोकाया चयन भएका छन् । 

यस्तै लेखा समितिमा अध्यक्ष रणबहादुर बुढा, उपाध्यक्ष धर्मबहादुर रोकाया सचिव देवीलाल भण्डारी सदस्य लालचन्द्र रोकाया र रणबहादुर भण्डारी चयन भएका छन् । ३१ सदस्यीय पालिका कमिटी पनि सर्वसम्मत चयन भएको निर्वाचन समिति संयोजक गणेबहादुर मल्लले जानकारी दिएका छन् ।

संयोजक मल्लका अनुसार सर्वसम्मत चयन गरिएको नयाँ नेतृत्वको मंगलबार विहान सपथ ग्रहण राखिएको छ । औपचारिक कार्यक्रमका बीच सपथग्रहणको कार्यक्रम राखिएको छ । हिमाली गाउँ कमिटीको दोस्रो अधिवेशन आइतबार उद्घाटन गरिएको थियो । 

कमेन्टहरु