गुल्मीमा भीरबाट लडेर एक पुरुषको मृत्यु

अमृत भट्टराई
२०८१ फाल्गुन ५ | मध्यान्ह ०६:११ बजे

गुल्मी । गुल्मीमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । कालीगण्डकी गाउँपालिका- ४ को जोखुमको भुते गहिरा भन्ने ठाउँमा भिरबाट लडेर ३२ वर्षीय एक युवाको मृत्यु हो ।
कालीगण्डकी गाउँपालिका- ४ को जोखुमको भुते गहिरा भन्ने ठाउँमा दिउँसो २ बजे स्थानीयले शव देखेपछि पुर्तिघाट प्रहरी चौकीलाई जानकारी गराएका थिए ।
प्रहरीका अनुसार उनी कालीगण्डकी गाउँपालिका- ४ पुर्तिघाट जोखुमका ३२ वर्षीय ओम बहादुर राना रहेको बताए ।
स्थानीयको जानकारी अनुसार दिनभर घरको काम गरेर बेलुका घरबाट हिडेको र बिहानसम्म नफर्के पछि खोज्ने क्रममा भुते गहिरा भन्ने ठाउँमा शव फेला परेको थियोे ।
मृतक राना बाटोबाट करिब १५० मिटर तल खसेको अवस्थामा भेटिएका थिए ।























