खेलकुद

७ औं न्यु सृजना कप नकआउट फुटबल प्रतियोगिता २०८१ तयारी पुरा

पार्बती थारु
२०८१ फाल्गुन ५ | मध्यान्ह ०६:११ बजे

तिलोत्तमा, फागुन ४ । रुपन्देहीको तिलोत्तमा- १३ करौजियामा यही फागुन ७ गतेदेखि ७ औं न्यु सृजना कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । तिलोत्तमा नगरपालिका- १३ करौजिया निवासी स्व. उमा रेश्मी मगरको स्मृतिमा ७औं न्यु सृजना कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुन गैईरहेको हो ।

तिलोत्तमा- १३ करौजियमा आईतबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगीताको सबै तयारी पुरा भएको क्लबका अध्यक्ष सोबित थापा दर्लामीले बताउनु भयो ।
फुटवल खेलका बारेमा जानकारी गराउदै खेल संयोजक शेर बहादुर गुरुङ्गले प्रथम पुरस्कार रु .१ लाख २२ हजार ५ सय नगद राशिसहित कप, मेडल र प्रमाणपत्र रहेको बताउनु भयो ।

यसैगरी द्वितीय पुरस्कार रु ६५ हजार नगद राशिसहित कप, मेडल र प्रमाणपत्र, उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजारसहित कप, मेडल र प्रमाणपत्र, सर्वाधिक गोलकर्ता खेलाडिलाई नगद रु ५ हजा सहित कप, मेडल र प्रमाणपत्र, उत्कृष्ट गोलरक्षकलाई नगद रु.५ हजारसहित कप, मेडल र प्रमाणपत्र, उदयमान खेलाडीलाई नगद रु.३ हजार सहित कप, मेडल र प्रमाणपत्रले सम्मान गरिने संयोजक गुरुङले बताउनु भयो ।

यसैगरी प्रत्येक खेलमा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारले सम्मान गरिने क्लबका अध्यक्ष सोवित थापा दर्लामीले बताउनु भएको छ ।

न्यु सृजना युवा कल्बका अध्यक्ष सोवित थापा दर्लामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिमा करौजिया टोल बिकास संस्थाका अध्यक्ष ओम बहादुर राना, विशिष्ट आतिथीमा सातौ न्यु सृजना कपका मुख्य प्रायोजक कुल बहादुर रेश्मी, छैठौं न्यु सृजना कपका मुख्य प्रायोजक तथा क्लबका संरक्षक नरजङ्ग गुरुङ्ग रहनु भएको थियो ।

photo 2025 02 17 18 24 16

क्लबका संरक्षक नरजङ्ग गुरुङ्ग र प्रमुख अतिथि ओम बहादुर रानाले अमुल्य मनतब्य राख्दै फुटवल खेलमा भविष्य देख्ने हरेक खेलाडीलाई साथ सहयोग र अवसर प्रदान गर्ने बताउनदै प्रतियोगीताको भव्य सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको विशिष्ट आतिथीमा एन्फा रेफ्री अमर पुन , बबि छन्त्याल र रुपेन गुरुङ, विभिन्न क्लबका टिमहरुको अध्यक्ष एवं प्रतिनिधिहरु, क्लबका सल्लाहकार र पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेकोे कार्यक्रमको संचालन खेल प्रचारप्रसार संयोजक धन बहादुर चौधरीले गर्नु भएको थियो ।

तिलोत्तमा- १३ करोजियामा रहेको न्यु सृजना युवा कल्बको खेल मैदानमा हुने प्रतियोगीता फाल्गुन ७ गते दिउसो २ः३० बजेबाट सुरु हुने छ । अनुशासन विकास र गतिशीलताका लागि खेल खेलौं स्वस्थ रहौं, राष्ट्रलाई टेवा पुर्याऔ भन्ने नारासहित यहि फागुन ७ गते देखि २४ गतेसम्म नटआउट फुटबल खेल हुनेछ ।

कमेन्टहरु