राजनीति

रास्वपाका ईश्मा गाउँपालिका कार्यसमिति पुनर्गठन, साथै वडा अधिवेशन सम्पन्न

नवलपुर टुडे
२०८१ फाल्गुन ४ | मध्यान्ह ०९:११ बजे

गुल्मी । रास्वपाले देशैभरी संगठन बिस्तारको निरन्तरता स्वरुप गुल्मीको ईश्मा गाउँपालिकामा ईश्मा गाउँपालिका समिति पुनर्गठन गरेको छ ।

आइतबार ईश्मा गाउँपालिकाको वडा नं ५ दरिनढुगांस्थित सम्पन्न कार्यक्रमले राजु थापाको सभापतित्वमा ९ सदस्यीय ईश्मा गाउँपालिका समिती पुनर्गठन भएको हो ।

सो कार्यक्रम जन सम्पर्क विभाग उप प्रमुख भरत प्रसाद वस्तीको प्रमुख उपस्थितीमा सम्पन्न गरेको छ ।

त्यसैगरी सो अवसरमा सोही गाउँपालिका- ३ नम्बरमा भएको वडा अधिवेशनले लोक बहादुर महतको अध्यक्षतामा ७ सदस्यीय वडा समिति गठन भएको छ ।

सो कार्यक्रममा रास्वपा प्रदेश उप सभापति शालिकराम अर्याल, जिल्ला सभापति भोजराज पाण्डेय, उप सभापति महेश जिसि लगायतले आ-आफ्नो धारणा राख्नु भएको थियो ।

कमेन्टहरु