लुम्बिनी प्रदेशसभाबाट दुई वटा विधेयक पारित


दाङ । लुम्बिनी प्रदेश सभाको आइतबार बसेको बैठकले दुइ वटा विधेयक पारित गरेको छ। लुम्बिनी प्रदेशसभाको पाँचौँ अधिवेशनको दशौँ बैठकले लुम्बिनी अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको बिधेयक र प्रदेश आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायीत्व सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो।
बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक प्रदेशसभामा प्रस्तुत गरेका थिए।
मुख्यमन्त्री आचार्यले पेश गरेको बिधेयकलाई सभामुख तुलाराम घर्ति मगरले निर्णयार्थ प्रस्तुत गरेको विधेयकलाई लुम्बिनी प्रदेशसभा बैठकले सर्वसम्मतीले पारित गरेको हो।
त्यसैगरी आजको बैठकले लुम्बिनी प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री चेतनारायण आचार्यले प्रस्तुत गरेको प्रदेश आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायीत्व सम्वन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक पनि लुम्बिनी प्रदेशसभाले सर्वसम्मतीले पारित गरेको छ।
आजै बसेको लुम्बिनी प्रदेशसभाको पहिलो बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरुले किसानलाई रासायनिक मल उपलब्ध गराउन, गतवर्षको आर्थिक दायीत्व अविलम्ब भुक्तानी गर्न, चालु आर्थिक वर्षका योजनाहरु समयमै सम्पन्न गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए।























