मुख्य समाचार, समाचार, समाज, सुदुरपश्चिम प्रदेश

जनचेतनामूलक तथा सरसफाइ अभियान

उमेश रोकाया
२०८१ फाल्गुन ३ | मध्यान्ह ०७:११ बजे

बाजुरा , फागुन ०३ । हिमाली गाउँपालिका – ३ को वडामा रक्सी बेचबिखन नियन्त्रण गर्ने देखि गाउँमा सरसफाइ कार्यक्रम गरिएको छ । फागुन २ गतेको दिनमा युना टोलमा वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, आमा समूह, बुद्धिजीवी तथा गैरसरकारी संस्थाका सम्पूर्णलाई भेला गरेर वडामा बिना लाईसेन्स रक्सी बेचबिखन गर्न नपाउने, घरेलु रक्सी तथा प्लाष्टिकमा रहेको रक्सी बेच्ने लाई कानुनी कारबाही गरिने निर्णय गरिएको वडा अध्यक्ष मंगल बुढाले बताएका छन ।

पहिलो बैठक युना गाउँमा सम्पन्न गर्दै सोही टोलमा सरसफाइ कार्यक्रम संगै प्रत्येक घरदैलोमा शौचालयकाे अनुगमन स्थलगत रूपमा गरिएको छ। वडा भित्रका सौचालय नभएका घरपरिवारलाई अबको एक हप्ता भित्र लगाउने गरी बैठक निर्णय गरिएको छ । यति कोही कसैले शौचालय निर्माण नगरेमा सरकारबाट पाउने सेवासमेत रोक्न लगाउने गरि प्रतिबद्धता गरेको छ ।1739616442341 1

पछिल्लो समय मदिरा सेवन बढ्दो अवस्था हुँदा यसलाई नियन्त्रण गर्न वडा भेला गरिएको छ । “स्वच्छ र सफा वातावरण टोल बनाउने अभियानमा युना गाउँबाट सुरु गरेको छ । गाउँमा अधिकास मान्छेहरूको सौचालय नभएको भेटिएको हुँदा सौचालय बनाउन आग्रह समेत गरेका छौँ ।” गाउँ घरमा प्राय घरेलु रक्सी बेच्ने देखि सेवन गर्ने धेरै जसो स्थानीय हुँदा त्यसलाई रोकथाम गर्ने बैठकमा निर्णय गरेको छ । 1739616290899 1

वडामा नराम्रो बिकृती हटाउन गाउँ टोलमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने गरेको छ । आफ्नो कार्यकालमा शिक्षाको गुणस्तर देखि बिकास निर्माणका कामलाई पहिलो प्राथमिकता राखेर काम अहिले भैरहेको छन । दुर्गम वडाका जनता पीडा र यहाँको गरिब बेरोजगारी प्रती माथि उचाइमा लिनको लागी आफ्नो पहिलो एजेन्डा रहेकोे छ । यहाँका स्थानीयका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाइ लगायत सेवा सुबिधा पहुँचमा आएको छ । कादुरी एग्रीकल्चरल एड एशोसिएसन संस्था द्वारा निर्माण नातिखोला जलविद्युत आयोजना आजभोलि विद्युत सेवा विस्तार गर्न गाउँमा लाइन तान्ने काम भएको छ । सडक र संचार क्षेत्रलाई गाउँका नागरिकलाई पहुँचमा पुर्‍याउनका निम्ति लागिपरेको वडा अध्यक्ष बुढाले बताउनुभयो ।

कमेन्टहरु