दुर्घटना

पर्वतमा जीप दुर्घटना १ को मृत्यु, २ घाइते

अमृत भट्टराई
२०८१ फाल्गुन ३ | मध्यान्ह ०६:११ बजे

पर्वत। पर्वतको विहादी गाउँपालिका वडा नम्बर १ बाछच्छाको बारविस भन्ने ठाउँमा जीप दुर्घटना १ को मृत्यु २ घाइते भएका छन् । बागलुङको जैमुनिबाट पर्वतको कुश्मा जाँदै गरेको ध. १च २८२ को जिप दुर्घटनामा परेको हो । 

दुर्घटनामा परेर पर्वतको बिहादी गाउँपालिका वडा नम्बर १ बाच्छाका ५० वर्षीय बल्ल बहादुर माझीको घटना स्थलमानै मृत्यु भएको हो भने २ जना घाइते भएका छन् एकको अवस्था गम्भीर भएकाले  उपचारका लागि पर्वत जिल्ला अस्पतालमा लगेको जिल्ला प्रहरी कार्यलय पर्वतले जनाएको छ ।

जिपमा ४ जना सवार रहेका थिए जीपले गुद्रिगानो लिएर जाने क्रममा उकालोमा ब्रर्केक फेल भएपछि व्याक् भएर खोलामा खसेको हो ।

कमेन्टहरु