मुख्य समाचार, मौसम, समाचार, सुदुरपश्चिम प्रदेश
बाजुरा उच्च हिमाली भेगमा हावाहुरी संगै वर्षा सुरु


बाजुरा , फागुन ०३ । बाजुरा जिल्लाको उच्च हिमाली भेगमा हावाहुरी संगै वर्षा सुरु भैरहेको छ । मौसम बदलियो संगै हिमाली भेगमा चिसो अत्यधिक मात्रामा बढेको छ। जिल्लाका विभिन्न ठाउँमा मौसम बदलिएको हुँदा अधिकास स्थानमा चिसो बढेको छ। आज हावाहुरी संगै वर्षा भएको हो ।
मौसम परिवर्तन आएको केही दिनमा हिमाली गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका र गौमुल गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका र बुढिनन्दा नगरपालिका केही उच्च भागमा वर्षा सुरु संगै हावाहुरी भैरहेको छ।
आकाशमा बादल लागे संगै वर्षाले गर्दा बाजुरा केही स्थानहरूमा चिसो कारण जनजीवन कष्टकर भएको छ । त्यति मात्र नभएर यहाँको स्थानीयहरु लाई वर्षा हुने सम्भावना देख्दा गहुँ बालीका लागि राहत हुने हुँदा कृषक निकै खुशी भएको छन । वर्षा भए संगै चिसो अत्यधिक मात्रामा बढेपछि सुदुरपश्चिम उच्च पहाडी भेगमा रहेका हिमाली जिल्लामा वर्षा भैरहेको छ ।
अहिले जिल्लाका माथिल्लो भेगमा वर्षा हुन लागेको छ । यहाँका कृषकलाई फलफूल तथा खेतीपातीमा वर्षाले गर्दा ठुलो राहत हुने भएको छ । अहिले वर्षा संगै उच्च स्थानमा हावाहुरी चलिरहेको छ । उत्तिकै चिसो मात्रा बढिरहेको हुँदा स्थानीय जनजीवन कष्टकर भएको छ।























