माछापोखरीमा ६ महिनाकी छोरीसहित आमाले हाम फालिन्, छोरीको मृत्यु


विराटनगर । मोरङको बेलबारी नगरपालिकास्थित माछा पोखरीमा डुबेर ६ महिनाकी बालिकाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीका अनुसार शिशु अवस्थाकी छोरीसहित आमाले माछा पोखरीमा हामफाल्दा घटना भएको बताए ।
शुक्रबार बेलुका करिब साढे ७ बजे बेलबारी नगरपालिका–९ तीनखुटियाका गंगाराम यादवकी पत्नी २२ वर्षीया प्रीति यादवले आफ्नै ६ महिनाकी शिशु लिएर माछा पोखरीमा हामफालेकी थिइन् । स्थानीय पनैलाल चौधरीको माछा पोखरीमा यादवले हामफालेपछि स्थानीयले देखेर उद्दार गरेका थिए ।
घटनालगत्तै स्थानीयले उद्दार गरिएकी शिशु र आमा यादवलाई विराटनगरस्थित विराट नर्सिङ तथा विराटनगर अस्पतालमा भर्ना गराएको जिल्ला प्रहरी कार्यालय मोरङका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । प्रहरी निरीक्षक ओलीका अनुसार उद्दार गरि अस्पताल पुराउनासाथ घाइतेमध्ये शिशुको मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।























