मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
क्यूडी विद्युत लाईन विस्तार योजना स्वीकृत


बाजुरा , फागुन ०२ । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका – ५ क्यूडी विद्युत लाईन विस्तार योजना स्वीकृत भएको छ । हिमाली गाउँपालिकाबाट सिफारिस भएर आएको क्यूडी विद्युत लाईन विस्तार योजना यस कादुरी एग्रीकल्चरल एड एशोसिएसन, ब्रिटिस गोर्खाज नेपाल (के. ए. ए. ए. वि. जि. एन. को आ. व. २०८२/२०८३ को बजेटमा स्वीकृत भएको छ ।
क्यूडी विद्युत लाईन विस्तार योजना के. ए. ए. ए. बि. जि. एन बाट स्वीकृत भईसकेको हुनाले अब उप्रान्त अन्य कुनै संघ संस्था (सरकारी वा गैर सरकारी) बाट स्वीकृत एवम् निर्माण नगर्नु हुन र योजना नजुधाउनु हुन पत्र मार्फत जानकारी गराएको कादुरी एग्रीकल्चरल एड एशोसिएसन टेक्निकल डाइरेक्टर डा. नारायण गुरुङ्गले बताउनुभयो ।
सोही विद्युत विस्तार २०८२ कार्तिक १२ गते योजना सुरु हुने प्रस्तावित गरिएको छ । हिमाली गाउँपालिका अध्यक्ष तथा सोही वडाका वडा अध्यक्ष र क्यूडी विद्युत लाईन विस्तार योजना उपभोक्ता समितिलाई पत्र मार्फत जानकारी गरिएको छ ।























