देश

चितवनमा निर्माणधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको एक वर्ष : ३५ प्रतिशत काम सकियो

जगत ठाडा मगर
२०७८ साउन ३ | बिहान ०८:०४ बजे

भरतपुर । चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ३५ प्रतिशत काम सकिएको छ ।

निर्माण सुरु भएको एक वर्षको अवधिमा ३५ प्रतिशत काम सकिँदा ५२ करोड रुपैयाँ खर्च भएको र १४ करोड रुपैयाँ ऋण रहेको बताइएको छ ।

चितवनको भरतपुर नगरपालिका १५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान अन्तरगत संरचनाको काम सुरु भएको शुक्रबार १ वर्ष पूरा भएको हो ।

गत वर्ष श्रावण १ गतेदेखि जग हाल्न सुरु गर्दै कंक्रिट ढलानको काम शुभारम्भ गरिएको थियो । रंगशालाको दुई स्ट्यान्ड जगको ढलानमा ६० प्रतिशत काम सम्पन्न भएको छ, त्यस्तै टाइबिमको काम पनि २० प्रतिशत सकिएको छ ।

मैदानमा दुबो रोप्ने काम सकिएसँगै मैदानको ९५ प्रतिशत काम सकिएको धुर्मुस सुन्तली फाउन्डेसनका परियोजना व्यवस्थापक जनार्दन शर्मा देवकोटाले बताए ।

कमेन्टहरु