घटना, मानवअधिकार, मुख्य समाचार, समाचार, समाज, सुदुरपश्चिम प्रदेश

छाउ हुँदा बाटो बन्द नहुँदा खुल्ला

उमेश रोकाया
२०८१ फाल्गुन २ | बिहान ०२:११ बजे

बाजुरा, फागुन ०२ । बाजुराका अधिकाशं गाउँ बस्तीका महिनावारी भएका महिलालाई मठमन्दिर नजकिका बाटोमा हिड्न मनाही गरिदैँ आएको छ। यहाँका अधिकाशं गाउँ बस्ती जाने बीच बाटोमा मठमन्दिर छन् । महिनावारी भएका महिलाहरुले ती मठमन्दिर नजिकका बाटोमा कहिल्यै हिट्न पाउँदैन । महिनावारी हुँदा महिलाले ती बाटोमा हिँडेपछि गाउँमा अनिष्ट हुने र देवी देउता पनि रिसाउँछ भन्दै यहाँका धामीझाँक्रीले डर देखाउँने गरेकोले उनीहरु ती बाटोमा कहिल्यै हिड्दैनन् ।

महिनावारी भएको बेला मठमन्दिर नजिकको बोटामा हिडेपछि गाउँमा धामीझाँक्रीले रिसाउने गर्छन् । त्यसैले आफु महिनावारी हुँदा ती बाटोमा कहिल्यै नहिड्ने गरेको बूढीगङ्गा नगरपालिका –१० बदेडाकी स्थानीय नाम (परिवर्तन) प्रवित्रा विकले बताउनुभयो । उहाँले भन्नुभयो, “ माथि गाउँ छ , तल वन छ , त्यो बीचमा कालापालत देउताको ठुलो मन्दिर छ । वनमा घाँस दाउरा ल्यान त्यहि बाटोमा जानु पर्ने भएपनि देउताको डरले नै आफु त्यो बाटोमा कहिल्यै जाने गरेको छैन् । ”

महिनावारी हुँदा दूध, दही ,मही लगायतका पोसिला खाने कुराखाने कुरा ते बाटोमा समेत हिड्न नपाउँदा आफुलाई यो समाजले निकै अन्याय गरेको विकले बताउनुभयो । महिनावारी भएका महिलाहरूलाई दुहुनो गाई, भैँसीको शरीरमा छुन समेत मिल्दैन । कोही कसैले जबरजस्ती गरी छोयो भने गाई बिरामी भयो, नब्याउने हुन्छ भनेर त्यो महिलालाई डण्ड गर्छन ।

महिनावारी भएका बेला महिलाहरूले गाई , भैँसीको शरीरमा छोयो भने सुनपानीले छर्केर भैँसीलाई चोख्याउने प्रचलन छ । यहाँ महिलाको क्षेत्रमा काम गर्दै आएका विभिन्न संस्थाहरुले छाउप्रथा अन्त्य गर्न २०६७ साल देखि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । तर पनि गाउँमा छाउप्रथा कायमै रहेको छ । लामो समय देखि जरा गाड्दै आएको यो छाउप्रथा अहिले सम्म हटेको छैन् । मुखमा हटे व्यवहारमा हटेको छैन् ।

यहि छाउँप्रथाका कारण महिनावारी भएको बेला २०७६ सालमा बुढीनन्दा नगरपालिकाको –९ पाण्डुसैनमा छाउगोठमा सुत्दा आमा दुई छोरासहित तीन जनाको ज्यान गएको थियो । त्यसपछि छाउप्रथा कुप्रथा हो भन्दै बाजुराका विभिन्न स्थानीय निकायमा छाउप्रथा उन्मूलन कार्यक्रम सञ्चालन गरिएको थियो । यहाँ धेरै गोठ भत्किए तर स्थानीयको मानसपटलमा छाउप्रथा कायम रहँदै गएपछि अहिले यसले व्यापकता लिँदै गएको हो ।

छाउप्रथा कागजी रूपमा हटे पनि व्यवहारमा लागु नहुँदा बाजुराका अधिकांश महिलाहरूले फेरि पनि ज्यान गुमाउनुपर्ने अवस्था छ । स्थानीय सरकारले यस्तो कुप्रथाका लागि कानुनीरुपमा कारबाही नगर्दा सम्म यो प्रथा कायमै रहँदै आएको छ । महिनावारी हुँदा देवताको डरले घर भन्दा धेरै टाढा छाउगोठमा सुत्दा गाउँका कयौँ दिदिबहिनीहरु बलात्कृत हुने गरेका छन् । धेरैको जीवन बरवाद भयो । तर पनि यो प्रथा गलत हो भन्ने कुरामा गाउँमा कसैको ध्यान नजाँदा अहिलेका बालिकाहरूले दुख भोग्नुपरेको छ ।

महिनावारी भएका महिलाहरूलाई घरकै कोठामा बस्न र दही मही जस्ता पोसिला खानेकुरा खान नदिने गाउँका धामीझाँक्रीलाई कानुनी रूपमा कारबाही नगर्दासम्म यहाँका महिलाहरूले यो पीडा जीवनभर सहँदै जानुपर्ने विकले बताउनुभयो। महिनावारी भएका महिलाहरूलाई यस्ता खाले विभेद गर्ने जो कोहीलाई कानुनी रुपमा कारबाही गर्ने भने पनि अहिलेसम्म स्थानीय निकायले यसको कार्यान्वयन भने गर्न सकेको छैन ।

बाजुरामा ५११ वटा छाउगोठ भत्काएका हुन् । फेरि पनि अहिले कता कता छाउगोठ निर्माण भइरहेको भन्ने जानकारी आएकोले ती गोठ समेत भत्काउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरीले बताउनुभयो ।

कमेन्टहरु