राजनीति

जनयुद्ध दिवसको अवसरमा चौध जना सहिद परिवार सम्मानित

नवलपुर टुडे
२०८१ फाल्गुन १ | मध्यान्ह ०६:११ बजे

सिमकोट । नेकपा माओवादी केन्द्र्र ताँजाकोट गाउँपालिका कमिटीले जनयुद्ध दिवसको अवसरमा सहिद परिवारलाई सम्मान गरेको छ।तीसौँ जनयुद्ध दिवसको अवसरमा ताँजाकोट गाउँपालिकाबाट सहादत प्राप्त गर्ने सहिदका परिवारलाई सम्मान गरेको हो।
दिवसको अवसर पारी आयोजना गरिएको ताँजाकोट गाउँपालिकाको केन्द्र छप्रेलाको कार्यक्रममा चौध जना सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको नेकपा माओवादी केन्द्र ताँजाको गाउँपालिका इन्चार्ज गोपाल बुढाले बताए।

माओवादी केन्द्रको प्रदेश समिटि सदस्य समेत रहेका बुढाले जनयुद्ध सफल पार्न आफ्नो ज्यान गुमाएका सहिदलाई सम्झदै र परिवारका सदस्यलाई उत्साह दिन सम्मान गरिएको हो। चौध जनालाई दोसल्ला ओढाएर सम्मान प्रत्र प्रदान गरिएको थियो। कार्यक्रममा कर्णाली प्रदेश कमिटी सदस्य रणसिंह परियार, गाउँपालिका अध्यक्ष लालकेश जैसीलगायतको उपस्थिति थियो। कार्यक्रममा बक्ताहरुले जनयुद्धका वारेमा चर्चा गरेका थिए।

त्यसैगरी, देउडा गायकको उपस्थितिमा देउडा गाउने र साँस्कृति कार्यक्रम पनि आयोजना गरिएको थियो। सो कार्यक्रम फागुन २ गते पनि आयोजना गरिनेछ।

 

कमेन्टहरु