अपराध

सिमामा व्यवसायी सैलेश भगतमाथि गोली प्रहार, अवस्था गम्भीर

देवराजा यादव
२०८१ फाल्गुन १ | बिहान १०:११ बजे

सुनसरी । सुनसरीकाे देवानगञ्ज गाउँपालिका वडा नंम्बर ३ का युवा व्यवसायी सैलेश भगतमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ। स्थानीयले दिएको जानकारी अनुसार भगतमाथि मध्य रातिको समयमा गाेली प्रहार भएको हो ।

गाेली प्रहारबाट भगत घाइते हुनुभएकोले अहिले न्युरो अस्पताल विराटनगरमा उपचाररत रहनुभएकाे छ। स्थानीयका अनुसार, भगतमाथि आफ्नो व्यवसायीक कार्यमा रहेका बेला आक्रमण भएको हो। गोली प्रहारबाट गम्भीर घाइते हुनुभएका भगतलाई तत्काल उपचारका लागि विराटनगरकाे न्युरने अस्पताल पुर्‍याइएको थियो।

जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाको कारण अझै स्पष्ट भइनसकेको जनाएको छ । सिमावर्ती क्षेत्रमा गाेली चलेको सुचना आएको तर एकिन भइनसकेको प्रहरीकाे भनाइ छ । गाेली चलाउने वा आक्रमणकारीहरूको पहिचान अझैसम्म खुल्न सकेको छैन भने कसैले जिम्मासमेत नलिए पिडित परिवारले जनाएको छ।

यत सिमानामा खटिएको सुरक्षाकर्मीहरू घटनाको अनुसन्धानमा जुटेकाे जनाएको छ। स्थानीय बासिन्दाहरुले दोषीलाई चाँडोभन्दा चाडै पक्राउ गरी कारबाही गर्नुपर्ने माग गरेका छन्। घटनाबारे थप विवरण आउन बाँकी रहेको र प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिनुभयो।

कमेन्टहरु