घटना

नवलपुरको बौदीकालीमा आगलागीबाट ६ लाखको क्षती

नवलपुर टुडे
२०८१ फाल्गुन १ | मध्यान्ह ०१:११ बजे

कावासोती, फाल्गुन १ । नवलपुरमा बिजुली सर्ट भएर आगालागी हुदा लाखौको क्षती भएको छ । बौदीकाली गाउँपालिका- खौरेनी बस्ने बर्ष ६९ का जित बहादुर गैरे(सार्की)को खरको छानो, टिनको पाली भएको २ तले कच्ची घर, खरको छानो भएको १ तले कच्ची गोठ र गोठ संग जोडीएको परालको टौवा जलेर नष्ट भएको हो ।

हिजो साझ ५:४० बजे बिजुली सर्ट भएर आगलागी हुदा घर, गोठ र परालको टौवा पुर्ण क्षती भएको छ ।आगलागीबाट धान अन्दाजी१६ मुरी, मकै अन्दाजी ६ मुरी, कोदो अन्दाजी ३ मुरी, घरमा रहेका लत्ताकपडा भाडावर्तन सबै, सुन(सिक्री र तिलहरी) पौने तोला, नगद रु. २० हजार, विजुलीको मिटर बक्स, मोवाइल २ थान र पराल अन्दाजी ६० भारी जलेर नष्ट भएको छ । सो घटनामा अन्दाजी ६ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

साझ ५:४० बजे लागेको आगलागी ६:३० बजे स्थानीय र प्रहरीको सहयोगमा आग्लागी नियन्त्रणमा लिएको थियो । उक्त आगलागीबाट मानवीय र चौपायाको क्षती नभएको प्रहरीले जानकारी दिएको छ । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताए ।

कमेन्टहरु