मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश

बाजुराबाट एसइई परिक्षामा ३ हजार बढी विद्यार्थीहरू सहभागी हुने

उमेश रोकाया
२०८१ माघ २९ | मध्यान्ह ०८:१० बजे

बाजुरा, माघ २९ । बाजुराबाट यो बर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ३ हजार बढी विद्यार्थीहरू सहभागी हुने भएका छन् । आगामी चैत ७ गतेबाट सञ्चालन हुने एसइईमा जिल्लाबाट नियमित र ग्रेड वृद्धि गरी ३ हजार १७ विद्यार्थी सहभागी हुने भएका हुन् । शिक्षा विकास तथा समन्वय इकाई बाजुराले एसइईमा सहभागी हुने विद्यार्थी सङ्ख्या र परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख टिकाराम जोशीका अनुसार एसइई परीक्षामा साधारणतर्फ नियमित २ हजार २ सय १५ र ग्रेड वृद्धिका लागि ६ सय ४२ विद्यार्थी सहभागी हुँदै छन् । त्यस्तै प्राविधिक तर्फ १ सय २ नियमित र ३३ जना ग्रेड वृद्धिमा सहभागी हुने छन् । र त्यसका लागि जिल्लाभरका ९ वटै पालिकाका १७ वटा विद्यालयमा एसइईको परीक्षा केन्द्र तोकिएको इकाइ प्रमुख जोशीले बताउनुभयो ।

कमेन्टहरु