गहवा नुरी जामे मस्जिद गहवामा एक महिला सहित ९२ जनाले रक्तदान गरे

जगत ठाडा मगर
२०७८ साउन २ | मध्यान्ह ०६:०४ बजे

बिरगंज । गहवा नुरी जामे मस्जिद गहवा-८ मा रक्तदान कार्यक्रम सम्पन्न भयो ।

बिरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगी,वडा न – ८ का वडा अध्यक्ष राज किशोर साह कानु, गहवा नुरी जामे मस्जिद कमिटीका पदाधिकारीहरू अध्यक्ष- मो. समिम हवारी,उपाध्यक्ष- अरमान हवारी,सचिव- साबिर अहमद अंसारी सहसचिव- ईमाम हुसेन,कोषाध्यक्ष- मो. अमिन हवारी,सदस्यहरू नासिर हुसेन, सगिर हवारी, समिर हवारी, महमद मैनुद्दिन, अर्मान हवारी उपस्थितिमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा सगिरा खातुन,मो.समिम हवारी अरमान हवारी, साबिर अहमद अंसारी ईमाम हुसेन, मो.अमिन हवारी, नासिर हुसेन, सगिर हवारी, समिर हवारी, महमद मैनुद्दिन, अलि असगर अंसारी, हारूण हवारी, जुवेर हवारी, खालिद हवारी, अरबाज हवारी लगायत १ महिला सहित ९२ जनाले रक्तदान गरेका थिए ।



























