देश

प्रदेश २ सरकारमा माओवादी केन्द्रका २ मन्त्रीले लिए शपथ

जगत ठाडा मगर
२०७८ साउन २ | मध्यान्ह ०६:०४ बजे

काठमाण्डाै । प्रदेश नं २ सरकारमा नेकपा माओवादी केन्द्रबाट दुई जना मन्त्रीले शपथ लिएका छन् । माओवादी केन्द्र संसदीय दलका नेता भरत साहले आन्तरिक मामिला तथा सञ्चारमन्त्री र सचेतक रुवी कर्णले राज्यमन्त्री पदमा शपथ लिएका हुन् ।

साहलाई प्रदेश प्रमुख डा. राजेश झाले र कर्णलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ ग्रहण गराएका हुन् । दुबैले मातृभाषा नेपाली मै सपथ लिएका हुन्। साह महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित र कर्ण सप्तरीबाट समानुपातिक सांसद हुनुहुन्छ ।

माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन हिजो जसपा पार्टीका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले राजीनामा दिएका थिए ।

मुख्यमन्त्री राउतले आज उनीहरुको राजीनामा स्वीकृत गरेर साह र कर्णलाई नियुक्त गरिएको हो । यादव र सिंह सत्तापक्षका सांसद हुन् । यस अघि मुख्यमन्त्री राउतले महन्थ ठाकुर पक्षका भौतिक पूर्वाधार विकासमन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेर कांग्रेसलाई सरकारमा सहभागी गराएका थिए ।

कमेन्टहरु