देश

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जना पक्राउ

जगत ठाडा मगर
२०७८ साउन २ | मध्यान्ह ०५:०४ बजे

काठमाडौ । प्रहरीले दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित काठमाडौँबाट दुई जनालाई पक्राउ गरेका छन् । काठमाडौंको चौमतीस्थित बिष्णुमति करिडोर सडकबाट दुई थान रेडपाण्डाको छालासहित हिजो दिउँसो प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा-५ का हाल शंखरापुर ईन्द्रेणी मा बसोबास गर्ने २४ वर्षीय उमेश बिसुन्के र गौशाला बस्ने दोलखा तामाकोशी-१ का २५ वर्षीय अर्जुन मग्राती रहेका छन् ।

बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले छानबिन गर्दा झोलामा लुकाई ल्याएको अवस्थामा रेडपाण्डाको छालासहित उनीहरुलाई पक्राउ गरेको हो ।

कमेन्टहरु