कर्णाली प्रदेश

मुगुमा ढिस्कोले पुरिएर महिलाको मृत्यु

तपेन्द्र एडी
२०८१ माघ २६ | मध्यान्ह ०५:१० बजे

मुगु । मुगुमा एक जना महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ । मुगुको खत्याड गाउँपालिका–११, रिखियाँ गाउँ नजिकै बालुवा निकाल्ने क्रममा ढिस्कोले पुरिएर उनको एक महिलाको मृत्यु भएको हो ।

स्थानीयहरूका अनुसार, शुक्रबार बिहान बालुवा निकाल्ने क्रममा ढिस्को खस्दा अन्दाजी ६१ बर्षिय महिला कोइर्या शाही गम्भीर घाइते भएकी थिइन्। तत्काल उद्धार गरेर उनलाई उपचारका लागि कोल्टी लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको स्थानीयले बताएका छन ।

खत्याड गाउँपालिकाका अध्यक्ष अजबहादुर शाहीका अनुसार, घटनास्थलबाट स्थानीयले तत्काल उद्दार प्रयास गरे पनि गम्भीर चोट लागेका कारण उनलाई बचाउन सम्भव भएन। उनिसंग बालुवा निकाल्ने अर्की महिला भने बाँच्न सफल भएकी छन् ।

कमेन्टहरु