देश

एमाले अध्यक्ष केपी ओलीले फेरि बोलाए स्थायी कमिटी बैठक

जगत ठाडा मगर
२०७८ साउन २ | मध्यान्ह ०३:०४ बजे

काठमाडौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक फेरि बोलाएका छन्। ललितपुरको तुल्सीलाल आमात्य भवन च्यासलमा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन्।

विधान अधिवेशन र ४ गते बस्ने केन्द्रीय कमिटी बैठकबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए। शुक्रबार पनि स्थायी कमिटी बैठक बसेको थियो। बैठकले १० बुँदे सहमतिलाई अनुमोदन गरेको थियो।

शुक्रबारको बैठक रोक्न वरिष्ठ नेता माधव नेपाल पक्षले आग्रह गरेको भए पनि ओली भने तयार भएका थिएनन्।

कमेन्टहरु