इनरुवामा सरस्वती पुजाकाे अवसरमा प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न

सुनसरी । सुनसरीकाे इनरुवामा सरस्वती पुजाकाे अवसरमा प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न भएको छ । जजन्यूज मिडिया प्रा.लि.इनरुवा २, सुनसरीकाे आयोजनामा श्रीपञ्चमीकाे अवसरमा सरस्वती पुजामा प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न भएको हो ।
साेमबार जजन्यूज मिडिया प्रा.लि. र सत्य संसार साप्ताहिक इनरुवा २, सुनसरीको आयोजनामा श्री पञ्चमीको अवसरमा आयोजित सरस्वती पुजा विशेष प्रतिभा पहिचान कार्यक्रममा ५० बढीको सहभागीता रहेको थियो ।
विभिन्न स्थानीय तहका विधार्थी र शिक्षक सहितकाे विधामा उत्कृष्ट अभिनय गर्नेलाई पुरस्कार र प्रमाण-पत्र प्रदान गरिएको छ । उहाँहरुलाई जजन्युजका संचालक जयकृष्ण यादव, सत्य संसारका प्रकाशक ममता कुमारी यादव, विशेष अतिथि सामाजिक अभियन्ता दिलिपचन साहू,सरस्वती माविका शिक्षक देवनारायण यादव,शिक्षक देवकृष्ण यादव प्रमुख अतिथि सहितले पुरस्कार र प्रमाण-पत्र प्रदान गर्नुभएको छ ।
कार्यक्रममा शिक्षक कामेश्वर यादव, अभिभावक फुलेश्वर यादव, पत्रकार अनिल श्रेष्ठ, रुपेश माेचि, धनेश्वर कुमार राम सहितको उपस्थिति रहेको थियो ।कार्यक्रममा निशा खत्वे, कृष्टा खत्वे, खुसी मेहता, राेशनी मेहता, निरन्जन यादव, सीता यादव, आशिक यादव, गाैरी मेहता, भुपेन यादव, डायमण्ड र दिपेन्द्र यादव, सन्ध्या शर्मा, फाैगनी शर्मा, एन्जल उराँव, केट्रिना उराँव, जसमिन उराँव, सक्षम यादव, अरविन्द मेहता, अनिल श्रेष्ठ, रुपेश माेची सहितलाई गायन, नृत्य, बकतृत्व, साहित्य र पत्रकारिता विधाकाे पुरस्कार र प्रमाण-पत्र प्रदान गरिएको छ ।























